कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

 

बाग्लुङ, असोज ७ गते ।

होली चाइल्ड आवासीय माध्यमिक विद्यालयमा कक्षा एघारमा भर्ना भइ अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुको लागि कक्षा १२ को तर्फबाट स्वागत तथा विद्यालय को तर्फ बाट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अभिमुखीकरण कार्यक्रममा व्यवस्थापन विषयको महत्वको बारेमा शिक्षक दीपक शर्मा र शिव पोख्रेलले बोल्नुभएको थियो । विद्यालयले प्रदान गर्ने शैक्षिक तथा सुविधा र अनुशासनको बारेमा दशजोड दुईका संयोजक नवराज गौतम “गुरु”ले बोल्नुभएको थियो ।

कार्यक्रमको सभापतित्वसमेत गर्नुभएका विद्यालयका संस्थापक/ प्राचार्य के.वि. शाहीले गुणस्तरीय शिक्षाका लागि राजधानी वा देश बाहिर नै जाने विद्यार्थीलाई रोकी सफा,स्वच्छ र शैक्षिक वातावरणबाट सैद्धान्तिक कुराभन्दा व्यवहारिक कुरा दिनु विद्यालयको दायित्व हो भन्दै अनुशासन जीवनको महत्वपूर्ण पाटो हो जसले नै मान्छे सुन्दर देखिन्छ भन्नुभयो । प्राचार्यले उत्कृष्ठ विद्यार्थी लाई विद्यालयले पचास प्रतिशत छात्रवृत्ति दिने घोषणा समेत उक्त कार्यक्रममा गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक नवराज गौतमले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी प्रतिभा श्रीस र सपना परियार ले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *