होली चाइल्ड आवासीय माध्यमिक विद्यालय, बागलुङ–२०४८
स्व. पहलबहादुर शाही स्मृति– विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोषको विद्यान २०७८

प्रस्तनवना

विद्यालय शिक्षा मानव जीवनको महत्वपूर्ण चरण हो । होलीचाइल्ड आ.मा.वि. मा आर्थिक अभावको कारण उच्च शिक्षा अध्ययन गर्न कठीनाई पर्ने जेहेन्दार तथा असहाय गरीव विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्धयन गर्न यसै विद्यालयका भू.पू. वि. व्य. स. अध्यक्ष स्व. पहलबहादुर शाहीको सम्झनामा यस विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थि हरुको पहलमा विद्यालयका पुर्व विद्यार्थि, पुर्व शिक्षक, पुर्व पदाधिकारीहरु तथा विद्यालयका शुभ चिन्तकहरुले यस ऐतिहाँसिक चरणमा यस विद्यालयको शैक्षिक उन्नयन, शिक्षामा पहुँचको विस्तार तथा गुणस्तरीय शिक्षामा विद्यार्थिको आकर्षण वृद्धि गरी पुरानो पुस्ताले नयाँ पुस्ताको शैक्षिक विकासमा सहायता पुर्याई आफूलाई दिव्य दृष्टि प्रदान गरेको विद्यालयप्रतिको दायित्वलाई मनन गरी होली चाइल्ड आवासीय माध्यमिक विद्यालय लाई आफ्नो जीवनको आधार मान्ने तथा यसका शुभचिन्तकको तर्फाट यस विद्यालयमा अध्ययनरत दलित, विपन्न, सिमान्तकृत, विश्वासी अगुवाका जेहन्दार तथा उत्कृष्ठ विद्यार्थीको शैक्षिक यात्रालाई उत्प्रेरणा प्रदान गर्ने मूल उद्देश्यका साथ पुरानो पुस्ताको नयाँ पुस्तालाई स्वर्ण्रापहार स्वरुप यो होली चाइल्ड आवासीय माध्यमिक विद्यालय, स्व. पहलबहादुर शाही स्मृति विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोषको विद्यान २०७८ को स्थापना गरिएको छ

परिच्छेद –१
प्रारम्भिक

१) कोषको नाम स् यस कोषको नामः( होली चाइल्ड आवासीय माध्यमिक विद्यालय, स्व. पहलबहादुर शाही स्मृति विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोषको विद्यान २०७८ बागलुङ रहनेछ ।
क) कोषको कार्यालय रहने ठेगाना र प्रारम्भ ः( यस कोषको कार्यालय बागलुङ जिल्ला, स्थित होली चाइल्ड आवासीय माध्यमिक विद्यालय मा रहनेछ, यसको प्रारम्भ विधान स्वीकृत भएको मितिदेखी लागु हुने छ ।
२) परिभाषा ः विषय र प्रसंङ्गले अर्को अर्थ नलागेमा ।
क) विधानू भन्नाले ू होली चाइल्ड आवासीय माध्यमिक विद्यालय, स्व. पहलबहादुर शाही स्मृति विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोषको विद्यान २०७८ लाई सम्झनु पर्दछ ।
ख) संस्थाू भन्नाले होली चाइल्ड आवासीय माध्यमिक विद्यालय, स्व. पहलबहादुर शाही स्मृति विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोषलाई जनाउँदछ ।
ग० ूसमितिू भन्नाले यस विधानको दफा वमोजिम गठित कार्य समिति र अन्य समितिहरुलाई सम्झनु पर्दछ ।
घ० ूसभाू भन्नाले यस विधान बमोजिम बसेको साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउँदछ ।
ङ० पदाधिकारी भन्नाले संस्थाका पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।
च० नियम, विनियम भन्नाले यस विधान अर्न्तर्गत बन्ने नियम विनियमलाई जनाउँछ ।
ज० तोकिएको वा तोकिए बमोजिम भन्नाले यो विधान र यस विधान अर्न्तर्गत बनेको नियम विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ ।
झ० स्थानीय निकाय भन्नाले गा।वि।स।, महानगर, उपमहानगर, नगरपालिका र जि।वि।स।लाई जनाउने छ ।
३० कोषको छाप र चिन्ह ः यस कोषको एक छुट्टै निम्नानुसारको छाप हुनेछ । जसको गोलाकारमा कोषको नाम होली चाइल्ड आवासीय माध्यमिक विद्यालय, स्व. पहलबहादुर शाही स्मृति विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोष र त्यसको तल पट्टी बागलुङ– २०७८ र बिचमा संस्थालाई चिनाउने लोगो रहनेछ ।
४० अक्षयकोषको नारा ः ूगुणस्तरीय र समतामूलक शिक्षाको सुलभता ः शैक्षिक विकासको सुनिश्चितताू
परिच्छेद –२
उद्देश्य
५० कोषको उद्देश्य ः यस कोषको उद्देश्य देहाय बमोजिमको हुनेछ ।
क० यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
ख० होली चाइल्ड आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत गरिव, दलित, विपन्न, सिमान्तकृत, जेहन्दार विद्यार्थीहरुको शैक्षिक सुधारका लागि बिभिन्न किसिमको सहयोग पुर्याउनु ।
ग० यस विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थि, पुर्व शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी शिक्षा प्रेमी तथा शुभ चिन्तकहरुबाट ऐच्छिक रुपमा रकम संकलन गरी अक्षयकोषको स्थापना तथा विस्तार गर्नु ।
घ० विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरुलाई उत्प्रेरित गराउनु ।
ङ० विद्यालयको शैक्षिक सुधार तथा विकासका लागि प्राविधिक सहयोग पुर्याउनु ।
६० कोषको उद्देश्य प्राप्त गर्न गरिने कामहरु ः यस कोषले उपरोक्त उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्नेछ ।
क० संस्थाले प्रचलित नेपाल सरकारको कानून वमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ ।
ख० कोषको विस्तारलाई निरन्तरता दिन कोषमा आवद्धताका लागि सरोकारवालाहरुलाई उत्प्रेरित गर्ने ।
ग० संस्थालाई विद्यार्थी कल्याणका योजनाहरु तयार गर्ने तथा तिनको शर्तहरु निर्धारण गर्नेछ ।
घ० विद्यालयको शैक्षिक, भौतिक विकासका लागि दाताहरुको खोजी गरी विद्यालय सुधारका लागि समन्वय गर्ने ।
ङ० कोषको विस्तारका लागि बिभिन्न किसिमका सदस्यताको विस्तार गर्ने ।
च० वाषिर्क रुपमा विद्यालयमा वितरण गरिने छात्रवृत्ति वितरणका आधारहरु तयार गर्नेरविधाहरु निर्धारण गर्ने ।
छ० कोषको विस्तरका लागि देश विदेशमा बिभिन्न उप समितिहरु गठन गराउने ।
ज० छात्रवृत्तिका अतिरिक्त विद्यालयको विकासका लागि अन्य श्रोतहरु खोजी गरी सहयोग गर्ने ।
परिच्छेद तिन
सदस्यता
७० सदस्यताको वर्गीकरण ः यस अक्षयकोषको सदस्यता देहाय अनुसार पाँच प्रकारका हुनेछन् ः
क० साधारण सदस्यः( कुनै पनि नेपाली नागरिक वा विद्यालयका शुभचिन्तकले तोकिएको प्रकृया अर्न्तर्गत रही आवेदन गरेमा कोषको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुनेछन् । साधारण सदस्यताका लागि कोषमा न्यूनतम रु। ५००० अक्षरुपि पाँच हजार योगदान गरेको हुनुपर्ने छ । यस्ता सदस्यहरुको तिन पुस्ते विवरण विद्यालयमा अभिलेखित गरी प्रमाण(पत्र प्रदान गरिने छ ।
ख० संस्थापक सदस्यः( यस विद्यालयको स्वर्ण्रायन्ती वर्षो समापन समारोह हुने दिन भित्र कोषमा रकम प्रदान गर्ने व्यक्तित्वहरु संस्थापक सदस्य हुनेछन् । संस्थापक सदस्यहरुले साधारण वा आजीवन सदस्यता लिएर विधान वमोजिमको रकम अक्षयकोषमा जम्मा गर्नुपर्नेछ । यस्तो सदस्यताका लागि कोषमा न्यूनतम रु। १०००० (दश हजार० योगदान गरेको हुनुपर्ने छ । यस्ता सदस्यहरुको तिन पुस्ते विवरण र फोटो सहितको विवरण विद्यालयमा अभिलेखित गरी प्रमाण(पत्र प्रदान गरिने छ ।
ग० आजीवन सदस्यः( कोषको विकासको लागि बिशेष सहयोग पुर्याउने व्यक्तिहरुलाई तोकिएको प्रकृया अर्न्तगत आजीवन सदस्यता प्रदान गरिने छ । यस्तो सदस्यताका लागि कोषमा न्यूनतम रु। १५,००० (पन्ध्र हजार० योगदान गरेको हुनुपर्ने छ । यस्ता सदस्यहरुको तिन पुस्ते विवरण विद्यालयमा अभिलेखित गरी प्रमाण(पत्र प्रदान गरिने छ । विद्यालयमा फोटो समेत राखिने छ ।
घ० विशिष्ट सदस्य ः कोषमा रु २५,००० (पचिस हजार० वा सो भन्दा माथिको रकम जम्मा गर्ने अक्षयकोषदाताको छुट्टै नाममा अक्षयकोष नामाकरण गरी फोटो सहित राखिने छ ।
ड।० अक्षयकोष दाता ः रु। ५,००० (पाँच हजार० भन्दा कम रकम प्रदान गर्नेलाई अक्षयकोष दाताको सूचिमा नामाङ्कन गरी अभिलेख राखिने छ ।
८० संस्थाले प्रदान गरेको सदस्यता अनुसारको सदस्यहरुको तोकिएको ढाँचामा छुट्टै अभिलेख पुस्तिका रहनेछ ।
९० अभिलेख पुस्तिकामा अक्षयकोष दाताको तिन पुस्ते विवरण दान रकम तथा अटो साइजको फोटो राखिने छ ।
१०० अक्षयकोषका दाता र सदस्यहरुलाई स्वर्ण्रायन्ती समापन समारोहमा आमन्त्रण गरी प्रमाण(पत्र प्रदान गरिने छ ।
११० अक्षयकोषमा पहिले प्रदान गरिएको रकममा थप रकम जम्मा गरी सदस्यता अध्यावधिक गर्न सकिने छ ।
परिच्छेद चार
संगठनिक व्यवस्था
साधारण सभा, कार्य समिति तथा बैठक सम्बन्धी व्यवस्था
११०अक्षयकोष सभाको गठन ः
क० यस कोषको विधानको दफा ७ अनुसार सदस्यता प्राप्त गर्ने सदस्यहरुबाट यस कोषको साधारण सभा गठन हुने छ । साधारण सभा कोषको सर्वोच्च अंग हुनेछ ।
ख० यस कोषको सभा देहाय बमोजिम हुनेछ ः
अ० वाषिर्क साधारण सभा ः वर्षो एक पटक वाषिर्क साधारण सभा बस्नेछ ।
आ० विशेष साधारण सभा ः कोषको कूल सदस्य संख्याको १र४ (एक चौथाई० सदस्यहरुले कारण जनाई विशेष साधारण सभा माग गरेमा विशेष साधारण सभा, कार्य समितिले कम्तीमा १५ (पन्ध्र० दिनभित्र अनिवार्य रुपमा बोलाउनु पर्दछ । तर साधारण सभा वा विशेष सभा बसेको छ महिना भित्र पुनः विशेष साधारण सभा बस्न सक्ने छैन ।
ग० यस कोषको वाषिर्क साधारण सभा गर्नको लागि कम्तीमा १५ दिन अगावै र विशेष सधारण सभा गर्नका लागि कम्तीमा ७ (सात० दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यहरुलाई संस्थाको वेभपेज तथा सामाजिक संजाल मार्फत् सूचना दिइनेछ ।
घ० साधारण सभा र विशेष साधारण सभाको छुट्टा(छुट्टै निर्णयपुस्तिका राखिनेछ ।
ड।० सभाको बैठकको अध्यक्षता कार्यसमितिका अध्यक्षको अध्यक्षतामा बस्ने छ र अध्यक्षको अनुपस्थितिमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने छ ।
च० गणपूरक संख्या ः अक्षयकोष सभाको लागि पहिलोपटक सभा आहृवान गर्दा बहुमत संख्या, पहिलोपटक गणपूूरक संख्या नपुगी बोलाइएका दोश्रो र तेश्रो पटकको बैठकमा गणपूरक संख्या क्रमश ३५ र २५ प्रतिशत सदस्य उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिने छ ।
१२० साधारण सभाको काम कर्तव्य र अधिकार ः
क० कार्य समितिले पेश गरेको योजना कार्यक्रमहरु पारित गर्ने ।
ख० कोषको वाषिर्क कार्य प्रगती विवरण र संस्थाले गरेको कार्यहरुको मूल्यांकन गरी कार्यसमितिलाई आवश्यक निर्देशन दिने ।
ग० कोषको कार्य समितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा कार्य समितिका पदाधिकारीहरुको विधान बमोजिमको प्रक्रिया अर्न्तर्गत रही निर्वाचन गर्ने ।
घ० कार्य समितिद्वारा संशोधन भएका विधान संशोधन, नियम तथा विनियमहरु स्वीकृत गर्ने ।
ड।० कार्य समितिबाट कोषको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने ।
१३० कार्य समितिको गठन ः
क० साधारण सभाका सदस्यहरुबाट निर्वाचित देहाय वमोजिमको पदाधिकारीहरु रहने एक कार्य समिति गठन गरिनेछ ।
अध्यक्ष ( १
उपाध्यक्ष ( १
सचिव ( १
सह(सचिव ( १
कोषाध्यक्ष ( १
सह(कोषाध्यक्ष ( १
सदस्यहरु ( ९
ख० कार्य समितिको कार्यकाल ५ वर्षहुनेछ ।
ग० साधारण सभा हुनु भन्दा अगावै कुनै कार्य समितिमा रहेको सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिका लागि कार्य समितिका सदस्यको मनोनित कार्य समितिद्वारा गर्न सकिनेछ । यसरी सो पदमा निर्वाचन भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो, सो सदस्य बाँकी कार्यकाल सम्मका लागि मात्र हुने छ तर अन्य पदहरुको लागि विधान बमोजिम बाँकी अवधिको निमित्त निर्वाचन प्रकृयाद्वारा पद पर्ूर्ति गरिनेछ ।
घ० कार्य समितिको बैठक आवश्यकतानुसार कार्य समतिको अध्यक्षले बोलाउनेछ । तर कार्यसमितिको पदाधिकारीहरुको जम्मा संख्याको ५१५ ले बैठक बोलाउन माग गरेमा अध्यक्षले कार्य समितिको बैठक तुरुन्त बोलाउनु पर्नेछ ।
ड।० कार्य समितिका पदाधिकारीहरुको कूल संख्याको ५१५ पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको बैठक बस्ने छैन ।
च० कार्य समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा बैठकमा उपस्थित भएमा अन्य बैठकमा उपस्थित सदस्यहरुमध्ये जेष्ठ सदस्यले अध्यक्षता गर्ने छ ।
छ० कार्य समितिको बैठकको बहुमतको निर्णयमान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णय मत दिन सक्नेछ ।
ज० कार्य समितिको बैठकमा छलफल भएको विषयहरुको छुट्टै निर्णयकिताबमा लेखी राखिने छ र सो निर्णयविवरणमा बैठकमा उपस्थित सम्पर्ूण सदस्यहरुले सही गर्नु पर्ने छ तर निर्णया असहमती जनाउनेहरुले कैफियत खोली सही गर्नु पर्नेछ ।
झ० संस्थाले गर्ने भनेको सम्पर्ूण काम कार्य समितिको निर्णयाट हुने छ ।
ञ० माथिको दफाहरु जुन सुकै कुरा लेखिएको भए तापनि कार्य समितिले गर्न पाउने कुनै कार्यको सम्बन्धमा कार्य समितिका सबै पदाधिकारीहरु लिखित रुपमा सहमत भएमा त्यस्तो सहमतिलाई निर्णयपुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक बिना पनि गर्न सकिनेछ । उपरोक्त बमोजिमको सहमतिलाई कार्य समितिको बैठकको निर्णयसरह मानिने छ ।
१४० कार्य समितिको काम, कर्तव्य र अधिकार ः
कार्य समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ ः
क० कोषको आगामी वर्षो वाषिर्क कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने ।
ख० विधान बमोजिमको व्यवस्था पालना गरी साधारण सभाको निर्णयकार्यान्वयन गर्ने गराउने ।
ग० कोषको हितमा हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।
घ० साधारण सभाप्रति उत्तरदायी रहने ।
ड।० कोषको उद्देश्य प्राप्तीका लागि उपलब्ध साधान र श्रोतको अधिकत्तम उपयोग र प्रयोग गर्ने ।
च० कोषको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत जुटाउने, कार्यान्वयन, सुपरीवेक्षण र अनुगमन गर्ने ।
छ० कोषको कोष र सम्पत्ति सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता खोली संचालन गर्ने ।
ज० कोषको उद्देश्य परिपर्ूर्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरुको सल्लाहकार समितिका अन्य समिति, उपसमिति गठिन गर्ने र आवश्यकता अनुरुप कार्यको बाँडफाँड गरी दिने ।
झ० कोषको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
ञ० अक्षयकोषका सदस्यहरुको पर्ुनमिलन कार्यक्रमको आयोजना गर्ने ।
ट० पद त्याग गर्न सक्नेः
अध्यक्षले उपाध्यक्ष मार्फ कार्यसमिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गर्न सक्ने छन् ।
१५० अन्य समितिहरुः
क० यस विधानको परिधि भित्र रहेर कोषको कार्य विस्तार कोष रकममा वृद्धि गर्न तथा संचालनको लागि कार्य समितिले आवश्यकता अनुसार देश विदेशमा विभिन्न अन्य समिति वा उप(समितिहरु गठन गर्न सक्ने छ ।
ख० उप(समितिहरुको कार्यहरु कार्य समितिले तोकी दिए बमोजिम हुनेछ ।
१६ ० अक्षयकोष व्यवस्थापन समिति ः अक्षयकोषको व्याजबाट प्राप्त रकमको वितरण तथा व्यवस्थापन गर्न एक व्यवस्थापन समिति रहने छ । जसको गठन देहाय वमोजिम हुनेछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ।।।।।।।।।।।।।।अध्यक्ष
विद्यालयका पुर्व विद्यार्थी मञ्चका अध्यक्ष वा प्रतिनिधि ।।।सदस्य
शि अ संघ का अध्यक्ष वा प्रतिनिधि ।।।।।।।।।।।।।।।।सदस्य
अक्षयकोष कार्यसमितिका पदाधिकारीहरु ।।।।।।।।।।।।।।।।सदस्य
अक्षयकोष कार्यसमितिबाट मनोनित एक शिक्षक प्रतिनिधि सदस्य
विद्यालयको प्राचार्य ।।।।।।।।।।सदस्य सचिव
१७० अक्षयकोष व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
क० अक्षयकोषबाट प्राप्त रकमलाई अक्षयकोषको उद्देश्यअनुसारको क्षेत्रमा खर्च गर्ने ।
ख० अक्षयकोषको रकम वितरण गर्दा अक्षयकोष कार्यसमितिसँंग परामर्श गरी विभिन्न तह र वर्गको प्रतिनिधित्व हुने गरी वितरण गर्ने व्यवस्था मिलतउने ।
ग० छात्रवृत्ति वितरण गर्दा गरीव तथा जेहन्दार विद्यार्थी निर्धारित मापदण्ड अनुसार पहिचान गरी दोहोरो नपर्ने गरी वितरण गर्ने व्यवस्था मिलाउने ।
घ० अक्षयकोष कार्यसमितिबाट प्रत्यायोजित अधिकारहरु प्रयोग गर्ने
परिच्छेद पाँच
कोषको स्थापना, संचालन र लेखा पालन कार्यविधि
१८० अक्षयकोषको कोषः
क० कोषको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिम प्राप्त रकमहरु रहनेछन् ।
अ० सदस्यता बापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।
आ० कसैले स्वेच्छाले दिएको अनुदान, सहायता वापत प्राप्त रकम
इ० अक्षयकोषको व्याजबाट प्राप्त हुने रकम ।
इ० विदेशी संस्था व्यक्ति वा अर्न्तराष्ट्रिय संघ संस्थाबाट सहयोग वापत प्राप्त रकम ।
ख०।संस्थामा प्राप्त रकम स्थानीय बैंक वा पायक पर्ने बैंकमा जम्मा गरी बैक खाता संचालन गरिने छ ।
ग० अक्षयकोष स्थापनार्थ रकम संकलन गरि जम्मा गर्न कार्यसमितिको निर्णयनुसारका बैंकमा कार्यसमितिको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य मध्येबाट कम्तीमा ३ जनाको संयूक्त दस्तखतबाट अक्षयकोष रकम संकलन खाता संचालन गरिने छ । सो खातामा रकम जम्मा गरेको भौचर वा जानकारी प्राप्त भएपछि दाताको नाम अभिलेखमा कायम गरिने छ । सोको विवरण कोषको सामाजिक संजालको पेज मार्फ तत्कालै र्सार्वजनिक गरिने छ ।
१९० खाता संचालनः
कोषको अध्यक्ष वा कोषाध्यक्ष वा सचिवको वा कार्यसमितिले तोकिदिए वमोजिमको विद्यालयको शिक्षक वा व्यवस्थापन समितिको पदाधिकारीको तथा विद्यालयका प्रधानाध्यापकको संयुक्त दस्तखतबाट मुद्धति खाता संचालन हुनेछ । मुद्धति खाताको व्याज जम्माका लागी बचत खाता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष र सदस्य सचिवको दस्तखतबाट संचालन हुनेछ । त्यसमा दुवै जनाको दस्तखत अनिवार्य हुनु पर्नेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था विद्यालयले मिलाउनु पर्नेछ ।
२०० कोषको रकम खर्च गर्ने तरिकाः
कोषको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिम तरिका अपनाई खर्च गरीने छ ।
क० कोषको स्वीकृत विद्यार्थी कल्याण छात्रवृत्ति योजना बाहेक अन्य काममा कोषबाट खर्च गर्न सकिने छैन ।
ख० साधारण सभाबाट पारीत नीतिको अधिनमा रही कोषबाट छात्रवृत्तिमा रकम खर्च गर्न सकिनेछ ।
ग० कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा तथा विद्यालयको वाषिर्कोत्सव समारोहमा अनिवार्य रुपले पेश गर्ुन पर्नेछ ।
घ० कोषको रकम खर्च कोषको रकमको वाषिर्क व्याजबाट प्राप्त रकम मात्र खर्च गर्न सकिने छ खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नु पर्नेछ ।
ड।० अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमको न्यूनतम ८० प्रतिशत रकम छात्रवृत्ति वितरणमा तथा २० प्रतिशत रकम विद्यार्थी कल्याणका लागी शैक्षिक सामग्री, सूचना प्रविधिका सामग्री र प्रशासनिक खर्चको रुपमा उपयोग गर्न सक्ने छ ।
२१० छात्रवृत्तिका प्रकारहरु तथा वितरण कार्यविधि ः
क० दलित छत्रवृति ः विद्यालयमा कक्षा ५,८ ,१० र १२ मा उच्चतम श्रेणीमा उच्च अंक ल्याई उत्तिर्ण्रालित छात्र १ र छात्रा १ जना लाई प्रदान गरिने छ ।
ख०जेहेन्दार छात्रवृत्ति ः प्रत्येक तहमा कक्षा ५,८,१० र १२ मा उच्चतम ग्रेडमा उतिर्ण्राात्रा तर्फ१ जना र छात्रा तर्फ१ जना लाई प्रदान गरिने छ ।
ग० विषयगत छात्रवृत्तिः अंग्रेजी,गणित,विज्ञान,सामाजिक तथा नेपाली विषयमा उच्चतम अंक ल्याएर उर्तिण हुने प्रत्येक कक्षाका छात्रा तर्फ१ जना र छात्रा तर्फ१ जना लाई प्रदान गरिने छ ।
घ¬ ० छात्रवृत्ति रकम वाषिर्क व्याजबाट हुने आम्दानीबाट तहगत रुपमा वढीमा १५ प्रतिशत अन्तर हुने गरी शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको बैठकवाट निर्रधारण हुने छ ।
ङ¬० छात्रवृत्तिका किसिम तथा वितरण हुने आधारको वारेमा प्रत्येक शैक्षिक सत्रमा विद्यालयले सबै विद्यार्थी र अभिभावकले जानकारी पाउने गरी र्सार्वजनिक गर्नु पर्नेछ ।
च० प्रत्येक शैक्षिक सत्रको वाषिर्क परीक्षाको नतिजा प्रकाशन पश्चात नयाँ कक्षामा भर्ना भएको १ महिना भित्र छात्रवृत्ति वितरण गरी सक्नुपर्नेछ ।
छ० छात्रवृत्ति वितरण समारोहमा अभिभावक तथा विद्यार्थी लाई उपस्थित गर्राई छात्रवृत्ति स्थापनाको उद्देश्य,अक्षयकोष स्थापनाको सर्न्दर्भ तथा यसको महत्व बारेमा जनाकारी गर्राई रकम वुझेकोे भरपाई गराउनु पर्ने छ ।
ज० छात्रवृत्ति वितरण गर्दा अक्षयकोषका सदस्यहरु मध्ये तत्काल उपलव्ध हुन सक्ने सदस्यलाई आमन्त्रण गर्नुपर्नेछ ।
झ० छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको लागत विद्यालयको अभिलेखमा राख्नुपर्नेछ । साथै विद्यालयमा, स्थानिय निकायमा तथा र्सार्वजनिक स्थानमा समेत प्रकाशन गर्नु पर्नेछ ।
ञ० छात्रवृत्तिका अन्य विधाहरु छात्रवृत्ति व्यवस्थापन समितिको निर्णयनुसार वितरण गर्न सकिने छ ।
२२० कोषको लेखा र लेखापरीक्षण ः
क० कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम विद्यालयमा विद्यालयले नै राखिनेछ ।
ख० कोषको लेखा परिक्षण प्रचलित कानून बमोजिम रजिष्र्टड लेखा परीक्षणबाट विद्यालयको लेखापरीक्षणमै समावेश हुनेछ । लेखा परीक्षण वापत कोषको साँवा ब्याजमा कुनै आर्थिक दायित्व हुने छैन ।
ग० नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै बखतमा पनि आफै वा मातहतका कर्मचारीहरु खर्टाई कोषको हिसाव किताव जाँच्न वा जचाउँन सक्नेछ ।
घ० विद्यालयको सामाजिक परीक्षण समितिले कोषको रकम उपयोग र यसको प्रभावकारिताको समेत सामाजिक परीक्षण गर्नुपर्नेछ ।
ड।० कोषको लेखा परीक्षण प्रतिवेदन र वाषिर्क कार्य प्रगति विवरणको १र१ प्रति सम्बन्धित निकायमा तथा अक्षयकोषको सभा समक्ष पेश गरिने छ ।
परिच्छेद छ
विधान संशोधन सम्बन्धी व्यवस्था
२३० विधान संशोधनः
कूल कार्यसमितिका सदस्य संख्याको दर्ुइ तिहाई सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र कोषको कुनै दफा संशोधन वा खारेज हुनेछ ।
२४० नियम बनाउन सक्नेः
क० संस्थाले आफनो कार्य सम्पादन गर्ने सर्न्दर्भमा आवश्यक विनियम बनाउन सक्नेछ र सो विनियम साधारण सभाबाट पारित गर्राई लागू हुनेछ र स्थानिय अधिकारीलाई सो को जानकारी दिनु पर्नेछ ।
ख० यो विधान र विधान अर्न्तर्गत बनेको नियमको अधिनमा रही कोषको कार्य संचालन र उद्देश्य कार्यान्वयनका लागि कार्यसमितिले आवश्यक विनियम बनाई लागू गर्न सक्नेछ । त्यस्तो विनियमहरु कार्य समितिवाट अनुमोदन गराउनु पर्नेछ ।
२५० कोषको सचिवालय तथा कर्मचारीको व्यवस्थाः
क० कोषको सचिवालय विद्यालयमा रहनेछ र कोषको कार्य सञ्चालन र योजना तथा कार्यक्रम सञ्चालनको लागि कर्मचारी व्यवस्था विद्यालयकै शिक्षक कर्मचारीले कार्य गर्ने छन् कोषको छुट्टै कर्मचारी रहने छैनन् । यसको प्रशासनिक व्यवस्थापनको दायित्व विद्यालयको हुनेछ ।
२६० व्याख्या ः
यो विधान र विधान अन्तरगत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।
२७० ऐन अनुसार हुनेः
यस विधानमा उल्लेख नभएका नियमहरु प्रचलित कानून बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम र प्रचलित कानूनसँग बाझिन गएमा बाझिएको हद सम्म स्वतः निस्कृय हुनेछन् ।
२८० निर्देशनको पालनाः
नेपाल सरकार वा स्थानिय अधिकारीले समय, समयमा दिएको निर्देशनकोपालना गर्नु कोषको कर्तव्य हुनेछ ।