कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

 
बाग्लुङ, मंसिर १० गते ।
होली चाइल्ड आवासीय माध्यमिक विद्यालयमा कक्षा एघारमा भर्ना भइ अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुको लागि विद्यालयको तर्फबाट स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अभिमुखीकरण कार्यक्रममा व्यवस्थापन विषयको महत्वको बारेमा शिक्षक दीपक शर्मा र शिव पोख्रेलले बोल्नुभएको थियो । विद्यालयले प्रदान गर्ने शैक्षिक तथा सुविधा र अनुशासनको बारेमा दशजोड दुईका संयोजक नवराज गौतम “गुरु”ले बोल्नुभएको थियो ।
त्यस्तै प्रमुख अथितिको मन्तव्य दिँदै बाग्लुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलज्यू ले विद्यालय ले संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिनु पर्ने र जसरी ओदान को तीन खुट्टामा एउटा खुट्टा कमजोर भए सबै कमजोर भएँ झै गुणस्तरीय शिक्षा का लागि विद्यार्थी, शिक्षक र विद्यालय को समान दायित्व भएको हुँदा, त्रिपक्षीय रूपमा लगनशिल भै आफ्नो कर्तव्य निभाई कक्षा एघार को शैक्षिक सत्र लाई सफलता पूर्वक सम्पन्न गर्न हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्वसमेत गर्नुभएका विद्यालयका संस्थापक/ प्राचार्य के.वि. शाहीले गुणस्तरीय शिक्षाका लागि राजधानी वा देश बाहिर नै जाने विद्यार्थीलाई रोकी सफा,स्वच्छ र शैक्षिक वातावरणबाट सैद्धान्तिक कुराभन्दा व्यवहारिक कुरा दिनु विद्यालयको दायित्व हो भन्दै अनुशासन जीवनको महत्वपूर्ण पाटो हो जसले नै मान्छे सुन्दर देखिन्छ भन्नुभयो । प्राचार्यले उत्कृष्ठ विद्यार्थी लाई विद्यालयले पचास प्रतिशत छात्रवृत्ति दिने घोषणा समेत उक्त कार्यक्रममा गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षक नवराज गौतमले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक गणेश पौडेल ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *